शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अछामका २ सय २६ जनाको नमुना संकलन, काठमाडौँमा परीक्षण गरिने

दैनिक नेपाल २०७६ चैत २६ गते १५:४४

काठमाडौँ, २६ चैत । अछामका २२६ जनाको स्वाबको नमुना संकलन गरिएको छ । नेपाली सेनाको हेलिकप्टर लिएर पुगेको स्वास्थ्यकर्मीको टोलीले उनीहरुमा कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाब संकलन गरेको हो ।

टोलीले १९७ जना पुरुष र २९ जना महिलाको स्वाब संकलन गरेको छ । सदरमुकाम मंगलसेनको जिल्ला अस्पताल र क्वारेन्टाइनबाट ९० पुरुष र १७ महिला गरी १०७ जना, बयालपाटा अस्पतालबाट ४५ पुरुष र ६ महिलासहित ५१ जना र कमलबजार प्राथामिक स्वास्थ्य केन्द्रमा ६२ पुरुष र ६ महिला गरी ६८ जनाको स्वाब संकलन गरिएको अछाम जिल्ला प्रशासनले जनाएको छ ।

कोरोना संक्रमण हुन सक्ने आशंका गरिएकाहरुको नमुना संकलन गरिएको जनाइएको छ । ति सबै नमुनाको काठमाडौँमा परीक्षण गरिने भएको छ ।

चैत २५ गते नमुना संकलनका लागि नेपाली सेनाका चिकित्सकसहितको टोली त्यहाँ गएको थियो । टोली आजै काठमाडौँ फर्कँदै छ । पछिल्लो समय भारतबाट आएका नेपालीहरुका कारण अछाममा पनि कोरोना संक्रमण फैलावटको त्रास बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित