शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

लकडाउन उल्लंघन गर्ने नक्कली पत्रकार पक्राउ

दैनिक नेपाल २०७६ चैत २६ गते १४:५९

सांकेतिक तस्वीर

काठामडौँ, २६ चैत । प्रहरीले दाङको तुलसीपुरमा वुधबार लकडाउनको बेला पत्रकार हुँ भन्दै मोटरसाइकल चलाउने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १७ का २८ वर्षीय मेघराज सुनार रहेका छन् । उनले आफू पत्रकार भन्दै बा ८७ प १००६ नम्बरको मोटरसाइकल चलाइरहेका थिए । पत्रकार हुँ भन्दै लकडाउनको उल्लंघन गर्ने सुनारलाई प्रहरीले तुलसीपुर ६ हात्तिखौवाबाट पक्राउ को हो ।

बाटोमा प्रहरीले रोकेपछि पत्रकारको परीचयपत्र पनि उनले देखाएको तर त्यसबारे बुझ्दा उनी पत्रकार नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित