बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

विश्वभर कोरोना अपडेट : संक्रमित १४ लाख ३२ हजार नाघ्यो, मृतक ८१ हजार बढी

दैनिक नेपाल २०७६ चैत २६ गते १२:४६

काठमाडौं, २६ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ लाख ३२ हजार ४ सय नाघेको छ । यो समाचार पार्दासम्म संक्रमितको संख्या १४ लाख ३२ हजार ४ सय ९ जना संक्रमित संख्या पुगेको छ । विश्वभर मृत्यु हुनेको संख्या ८१ हजार १ सय १४ पुगेको छ ।

उपचारपछि निको भई घर फर्कनेको संख्या ३ लाख २ हजार ३ सय ३ पुगेको छ । भाइरसबाट सबैभन्दा धेरै संक्रमित इपिसेन्टर मानिएको अमेरिकामा छन् भने सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटालीमा रहेको छ ।

अमेरिकामा संक्रमितको संख्या ४ लाख ५ सय ४० पुगेको छ भने मृतकको संख्या १२ हजार ८ सय ५७ पुगेको छ । इटालीमा अहिलेसम्म मृतको संख्या १७ हजार १ सय २७ पुगेको छ भने संक्रमितको संख्या १ लाख ३५ हजार ५ सय ८६ पुगेको छ ।

स्पेनमा संक्रमितको संख्या १ लाख ४१ हजार ९ सय ४२ पुगेको छ भने मृतकको संख्या १४ हजार ४५ पुगेको छ । फ्रान्समा संक्रमितको संख्या १ लाख ९ हजार ६९ पुगेको छ भने मृतकको संख्या १० हजार ३ सय २८ पुगेको छ ।

यसैगरि, चीनमा संक्रमितको संख्या ८१ हजार ८ सय २ रहेको छ भने मृतकको संख्या ३ हजार ३ सय ३३ पुगेको छ । बेलायतमा संक्रमितको संख्या ५५ हजार २ सय ४२ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ हजार १ सय ५९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित