१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसको मुहान वुहान सहरको लकडाउन हटाइयाे

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २६ चैत । कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ।

स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा “हरियो” कोड देखिएकाहरूले ज्यानुअरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्।

लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुन: सञ्चालनमा आएकाे बीबीसीले जनाएकाे छ ।

मङ्गलवार चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोरोनाभाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो।

कोरोनाभाइरसको सङ्क्रमण रोकथामका लागि अधिकारीहरूले वुहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाएका थिए।

१ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा सबैजसो व्यापार-व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो।

गत महिना वुहानमा एक साताभर कोरोनाभाइरसका नयाँ सङ्क्रमित एकजना पनि नपाइएपछि किनमेल केन्द्रहरू खोलिएको थियो।

सङ्क्रमित नभएका आवासीय क्षेत्रका केही मानिसलाई पनि घरबाट दुई घण्टाका लागि बाहिर जान अनुमति दिइएको थियो।