बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

हतियारसहित नेपाल छिरेको भारतीय गाडी नियन्त्रणमा, गाडीमा भेटियाे वडाध्यक्षको एटीएम

दैनिक नेपाल २०७६ चैत २५ गते २२:०४

कञ्चनपुर, २५ चैत । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाबाट हातहतियार सहित भारतीय नम्बरको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलवार बेलुका कृष्णपुर नगरपालिका गुलरियाबाट सशस्त्र प्रहरीको टोलीले डीएल ३ सीसीआर ३९९७ नम्बरको भारतीय जिपबाट अवैध हतियार बरामद गरिएको हो।

प्वाइन्ट टु–टु एलआर एक थान, सोको बुलेट १४ गोटा, एयरगन एक थान, सोको छर्रा १९६ गोटा सहित ७६ हजार पाँच सय रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

गाडीमा कैलालीको गोदावरी नगरपालिका–१० का वडाअध्यक्ष रविन्द्र शाहीको एटीएम कार्डसमेत फेला परेकोे जनाएको छ । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित