शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कपिलवस्तुका मृतकको कोरोना ‘रिपोर्ट नेगेटिभ’

दैनिक नेपाल २०७६ चैत २५ गते २१:४६

चन्द्रौटा, २५ चैत । कपिलवस्तु अस्पतालको ‘आइसोलेसन वार्ड’मा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोनाभाइरस परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।

कपिलवस्तुको विजयनगर–२, जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।

एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। किशोर बञ्जाडेले बताए ।

बिरामीलाई शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस गरी कपिलवस्तु अस्पताल पठाइएको थियो ।

छाती दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएकाले आइसोलेसनमा राखेर उपचार गरिएको बञ्जाडेले बताए ।

रिपोर्ट नेगेटिभ आएकाले उनको शव परिवारको जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । रासस

प्रतिक्रिया
सम्बन्धित