शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेकपा सचिवालय बैठक : सरकारको काम सकारात्मक, अझै प्रभावकारी बनाउनुपर्ने

दैनिक नेपाल २०७६ चैत २५ गते २१:५२

काठमाडौँ, २५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकमा सरकार र कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण, रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको काम कारवाही बारे छलफल भएको छ ।

बालुवाटारमा भएको चार घण्टा लामो बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले कोरोना नियन्त्रणमा भइरहेका प्रयास र उपलब्धिबारे जानकारी गराएका थिए ।

बैठकमा प्रधानमन्त्रीपछि उपप्रधान तथा कोरोना नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समितिक संयोजक ईश्वर पोखरेलले ब्रिफिङ गरेका थिए । उनले कोरोना नियन्त्रणमा समितिले गरिरहेको कामबारे जानकारी गराएका थिए ।

त्यसपछि बैठकमा सहभागी सचिवालय सदस्यले धारणा राखेका थिए । सुझाव कार्यान्वयन हुने कुरामा आश्वस्त हुन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठककाे निष्कर्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूले सरकारले गरेको काम सकारात्मक भएको र यसलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, बैठकमा यो संकटको घडीमा नेताहरुबीच एकता कायम हुनुपर्नेमा जोड दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित