बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

थर्मल गन कालोबजारी आरोपमा अग्रवाल पक्राउ, घरमा प्रहरीको छापा

दैनिक नेपाल २०७६ चैत २५ गते २१:२१

काठमाडौँ, २५ चैत । थर्मल गन कालोबजारी आरोेपमा पक्राउ परेका सुलभ अग्रवालको घरमा प्रहरीले छापा मारेको छ ।

मंगलबार दिउसो थर्मल गनको कालोबजारी गरिरहको सूचनापछि विषेश अप्रेशन चलाएर प्रहरीले अग्रवाललाई पक्राउ गरेको थियो । अग्रवालको घरबाट प्रहरीले के कति बरामद ग¥यो गरेन भन्ने जानकारी भने दिएको छैन ।

शनिबार अग्रवालसहितको समूहले चीनको ग्वान्झाओबाट ७.५ टन स्वास्थ्य सामग्री ल्याएको थियो । अग्रवालले थर्मल गनको कालोबजारी गरेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर गएर उनलाई रंगेहात पक्राउ गरेको थियो ।

प्रहरीले उनलाई कूटनीतिक नियोगको २०९ सी सी १ नम्बरको गाडीसहित नियन्त्रणमा लिएको हो। अग्रवाल शंकर गु्रपका मालिक हुन् ।

प्रतिक्रिया
सम्बन्धित