बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना भाइरस संक्रमणबाट विश्वभर साढे ७६ हजारको मृत्यु

दैनिक नेपाल २०७६ चैत २५ गते २१:१६

सांकेतिक तस्वीर

काठमाडौँ, २५ चैत । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ७६ हजार ५ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संसारभरका करिब १३ लाख ७० हजार मानिस संक्रमित भइसकेको वर्ल्ड मिटरले जनाएको छ ।

यसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९.८ पुगेको छ । यसबाट सबैभन्दा बढी संक्रमित अमेरिका बनेको छ । अमेरिकामा करिब ३ लाख ७१ हजार संक्रमित छन् भने ११ हजार ४२ जनाको यसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

त्यस्तै, स्पेनमा करिब १ लाख ४१ हजार संक्रमणको शिकार बनेको छन् भने त्यहाँ यसको कारण ज्यान गुमाउनेको संख्या करिब १३ हजार ८ सय पुगेको छ ।

सबैभन्दा बढी ज्यान गुमाउनेमा इटाली रहेको छ । त्यहाँ करिब १ लाख ३३ हजार संक्रमित हुँदा १६ हजार ५ सय २३ जनाले ज्यान गुमाएको छ ।

त्यसैगरी, जर्मनीमा करिब १ लाख ५ हजार संक्रमित छन् । त्यस्तै, फ्रान्समा ८ हजार ९ सय ११ को मृत्यु भइसकेको छ जहाँ करिब ९९ हजार कोरोना संक्रमित फेला परेका छन् ।

यता भारतमा करिब ५ हजार कोरोना संक्रमित हुँदा १ सय ३७ जनाको यसको संक्रमणबाट ज्यान गइसकेको छ । उता पाकिस्तानमा करिब ५ हजार संक्रमित हुँदा ५५ जनाको मृत्यु भइसकेको छ ।

यसरी, विश्वको तथ्यांक हेर्दा कोरोनाको संक्रमणको तीव्र फैलावटले विश्वस्तरमा नै संकट निम्त्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित