बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना संक्रमितको उपचार गर्दा मृत्यु भए स्वास्थ्यकर्मीका परिवारलाई ५० लाख

दैनिक नेपाल २०७६ चैत २५ गते २०:२३

फाइल तस्वीर

विराटनगर, २५ चैत । प्रदेश १ सरकारले कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गर्दा कोही चिकित्सक वा स्वास्थ्यकर्मीको निधन भए तिनका परिवारलाई ५० लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।

मंगलबारको मन्त्रिपरिषदको बैठकले कोरोना उपचारमा खटिने तथा रेखदेख गर्ने चिकित्सकका परिवालाई सहयोग गर्ने निर्णय गरेको हो ।

यो सहयोग कोरोना रोकथाम, नियन्त्रणका लागि काम गर्ने चिकित्सिक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक आदिका परिवारलाई प्रदान गरिनेछ ।

प्रदेश सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूतिका लागि यो निर्णय गरिएको जनाएको छ ।

त्यस्तै, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता समेत दिइने पनि जनाइएको छ ।

हालसम्म प्रदेश १ मा कोरोना संक्रमित भेटिएका छैनन् । धरानमा स्वाबको नमुना परीक्षण सुरु भइसकेको छ । ९० वटा नमुना परीक्षणमा ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ५ जनाको रिपोर्ट आउनै बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित