२ कार्तिक २०८३, सोमबार

राष्ट्रिय युवासंघका केन्द्रिय सदस्य गुरुङ्गले गरे गाउँपालिकालाई १ लाख सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ चैत । कोरोना भाइरसका रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय युवासंघका केन्द्रिय सदस्य तथा पर्यटन व्यवसायी महेन्द्र गुरुङ्गले १ लाख रुपैयाँ १ हजार १ सय ५ रुपैयाँ सहयोग गरेका छन् ।

आफ्नो जन्म गाउँ कास्कीको मादी गाउँपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा गुरुङ्गले उक्त रकम सहयोग गरेका हुन् ।

उनले सो रकम गाउँपालिका अध्यक्ष बेद बहादुर गुरुङ (श्याम)सँगको समन्यवमा गाउँपालिको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा जम्मा गरेका छन् ।

त्यसै गरी, तनहुँको दमौली व्यास नगरपालिका अन्तर्गत शिवशक्ति कलात्मक ढुंगा उद्योगको भाडा पनि नलिने महेन्द्र गुरुङ्गले यसअघि नै घोषणा गरिसकेका छन् ।