शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

भारतीय सीमामा अलपत्र नेपालीलाई तत्काल नेपाल भित्र्याउन सर्वाेच्चको आदेश 

दैनिक नेपाल २०७६ चैत २५ गते २०:०२

काठमाडौँ, २५ चैत । सर्वाेच्च अदालतले महाकाली नदीपारि भारतीय सीमा नाकामा अलपत्र नेपालीलाई तत्काल नेपाल भित्र्याउन आदेश जारी गरेको छ । अदालतले मंगलबार न्यायाधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो ।

सर्वाेच्चले भारतीय सीमामा रहेका नेपालीले नेपाल भित्रिन चाहे नेपाल ल्याएर सुरक्षित क्वारेन्टाइनमा राख्न आदेश दिएको हो ।

त्यस्तो सम्भव नभएको खण्डमा भारतसँग समन्वय गरी उनीहरुको उचित खाने, बस्नेलगायतको व्यवस्था गर्न सर्वाेच्चले आदेश जारी गरेको हो ।

भारतमा २१ दिनको लकडाउन भएपछि हिँडेरै धेरै नेपालीहरु सीमामा आएर अलपत्र परेका थिए । उनीहरुलाई नेपाल भित्र्याइयोस् भनेर अधिवक्ता मिना खड्का बस्नेत, माधव बस्नेतलगयतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित