शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

थप दुई साता लकडाउन लम्बिने संकेत

दैनिक नेपाल २०७६ चैत २५ गते १२:११

काठमाडौं, २५ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले थप दुई साता लकडाउन लम्बिन सक्ने संकेत गरेका छन् ।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले जनतालाई दुई साता थप चुनौतीपूर्ण हुन सक्ने बताएका हुन् ।

नेपाल कोरोना महामारीको दास्रो चरणमा प्रवेश गरेकाले यो लडाइँलाई सबैको धैर्यताले मात्रै लड्न सकिने ओलीले सम्बोधनका क्रममा बताएका छन् ।

प्रधानमन्त्री ओलीले आम जनताप्रति आजसम्मको धैर्यताका लागि धन्यवाद पनि दिएका छन् ।

चैत ११ गतेबाट लकडाउन गरेको सरकारले पहिलो चरणमा लकडाउन थप गरि चैत ३ गतेसम्म घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित