बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

इटहरीका मनकारी युवा नेता र व्यावसायीले राहतका लागि दिए स्थानीय सरकारलाई आर्थिक सहयोग

दैनिक नेपाल २०७६ चैत २५ गते ९:०८

इटहरी, २५ चैत । कोरोनाविरुद्ध संघीय, प्रदेश र स्थानीय सरकारले विविध रणनीति बनाउने क्रममा लक डाउनका बेला सर्वसाधारणलाई खानको समेत समस्या देखिएपछि राहतका विविध प्याकेज छन् ।

स्थानीय सरकार पनि सक्रियताका साथ यस काममा लागेको बेला इटहरी उपमहानगरपालिकाले पनि राहत वितरणलाई अघि बढाएको छ । यो क्रममा उसले विविध संस्था र व्यक्तिले राहत सामग्री खरिदका लागि कोषमा दिएको रकम स्वीकार गरेको छ ।

यस क्रममा नेपाल कम्युनिस्ट पार्टी सुनसरी सदस्य तथा युवा र खेलकुद विभाग प्रमुख मदन चुडाल र व्यावसायी तथा अम्बे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फडिन्द्र मगरले आर्थिक सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन पनि गरेको छ ।

उपमहानगरका मेयर द्वारिकलाल चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत नै युवा नेता र व्यावसायीलाई धन्यवाद ज्ञापन गरेका हुन् । नेता चुडालले व्यक्तिगत रुपमा ५० हजार रुपैंया सहयोग हस्तान्तरण गरेका छन् । यस्तै मगरले भने सहकारीका तर्फबाट राहत कोषमा एक लाख बढी रकम जम्मा गरेका छन् ।

मेयर चौधरीले लेखेका छन्, नगरपाकिाल परिवारको तर्फबाट सहयोग गनेृ होनाहार युवा नेता र व्यावसायीलाई धन्यवाद छ । कोरोनाविरुद्ध सरकारले चालेको लक डाउनका कारण इटहरीमा रहेका विपन्न समुदायका लागि उपमहानगरले खाद्यलगायतका राहत सामग्री वितरण गर्दै आएको छ । सोही खरिदमा उपमहानगरको कोषमा जम्मा भएको रकम खर्च हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित