शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

व्याज मिनाह हुँदैन, मुद्रास्फिती रोक्न चुनौती छः गर्भनर अधिकारी

दैनिक नेपाल २०७६ चैत २५ गते ८:१८

काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले सवै ऋणिहरूको व्याज मिनाहा दिने विषय असम्भव हुने रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय गर्दै आएका उद्योगीहरूको माग अनुसार व्याज मिनाहा दिन सक्कने अवस्थामा राज्य नरहेको बताए ।

गभर्नर अधिकारीले विश्व अर्थतन्त्र नै संकटमा परेको अवस्था अहिले सरकार, निजी क्षेत्र र आम नागरिकले सबै बचौँ र बचाउँ भन्ने सिद्धान्तबाट अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले साना ऋणी र धरै मर्कामा परेका ऋणीलाई सरकारले कुनै स्रोतबाट प्याकेज ल्याएर निश्चित समयसम्मको ब्याज मिनाहा दिने कुरा अलग भए पनि अहिलेको समयमा व्याज मिनाहा गर्दा वित्तीय संस्थाहरू संकटमा पर्ने बताए ।

गभर्नर अधिकारीले भने, ‘उद्योगीको माग अनुसार सबै व्याज मिनाहा गर्न सकिँदैन । सबै ऋणको व्याज मिनाह गर्दा भोलि अरु क्षेत्रहरूमा असर पर्न सक्छ ।’

‘के गर्दा वित्तीय क्षेत्र, उद्योग, व्यावसायी र सरकारलाई पनि असर पर्दैन त्योअनुसार राहतको व्यवस्था गर्छौ’, उनले भने, ‘म सबैसंग छलफल गर्छु । केही निर्णयहरू म आउनुभन्दा अगाडि नै राष्ट्र बैंकले गरिसकेको छ ।’

गर्भनर अधिकारीले परिस्थिति हेरेर असार मसान्तसम्मको समय दिन सकिनेतर्फ संकेत गर्दै नेपाली रुपियाँ अवमूल्यनले आयातलाई असर पारिरहेकाले आयात प्रतिस्थापनका लागि विद्युतमा जोड दिने खालका नीतिहरू अवलम्बन गरिने बताए ।

अधिकारीले अहिले सबैभन्दा धेरै रकम पेट्रोलिम पदार्थ आयतमा खर्च भइरहेको बताए । उनले यसलाई घटाउन सरकारले विद्युतीय सवारीमा जोड दिने बताए ।

गभर्नर अधिकारीले अहिले विश्वनै चुनौतीमा रहेका बेला नेपाल पनि त्योबाट अछुतो नरहेको बताए । कोरोना नियन्त्रण गर्दै नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई क्रियाशील बनाएर लैजान आवस्यक रहेको उनले बताएका छन् ।

अर्थतन्त्र संवेदनशील र जटिल मोडमा भएकाले विचारणीय विषयहरूमा ध्यान दिन आवस्यक रहेको अधिकारीले बताए ।

‘अहिलेका नीति नियमहरूलाई रिस्टक्चर गर्नुपर्ने देखिएको छ । नेपाल राष्ट्र बैंक, नेपाल सरकारको सल्लाहकार भएकाले आर्थतन्त्रलाई रिकभर गर्नका लागि प्रयासरत रहनेछ’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएरका उद्यमी व्यवसायीहरू हेनुपर्ने अवस्था छ । हरेक निक्षेप कर्ता र लगानीकर्तालाई विश्वासमा लिनुपर्छ । अहिले जुन खालको त्रास छ यसलाई हटाउनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित