बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

काेराेनाले संक्रमित बेलायतका प्रधानमन्त्रीकाे स्वास्थ्य बिग्रिएपछि आइसीयुमा भर्ना

दैनिक नेपाल २०७६ चैत २५ गते ७:०१

लण्डन, २५ चैत । कोरोना भाइरसबाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य लक्षण बिग्रिएसँगै आइसीयुमा राखिएको छ ।

डाउनिंग स्ट्रिगंका प्रवक्ताले मेडिकल टिमको सुझावअनुसार आइसीयुमा राखिएको र उचित हेरचाह भइरहेको बताएका छन् ।

सोमबार दिँउसो आइसीयुमा राख्नुअघि पनि प्रधानमन्त्रीलाई अक्सिजन दिइएको थियो । यद्यपी प्रधानमन्त्रीलाई भेन्टिलेटर भने प्रयोग गरिएको छैन् । बेलायतको एसटी थोमस अस्पतालमा उनलाई राखिएको छ ।

५५ वर्षीय प्रधानमन्त्री आइतबार साँझ नै अस्पताल भर्ना भएका थिए । नियमित जाँचका लागि २७ मार्चमा अस्पताल गएका प्रधानमन्त्री जोनसनलाई कोरोनाको संक्रमण देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित