२ कार्तिक २०८३, सोमबार

कोरोना संक्रमणको आशंकामा बिहारबाट फर्केका वडाध्यक्ष क्वारेन्टाइनमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । जनकपुरमा एक वडाध्यक्षमाथि कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको छ ।

उनी आइतबार राती भारतको बिहारको मधुवनीबाट फर्केका थिए । जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भोगन्द्र पाठकलाई स्थानीयले क्वारेन्टाइनमा भर्ना गराएका हुन् ।

उनी बिहाबाट फर्केपछि स्थानीय त्रसित थिए । स्थानीयकै दबाबमा उनलाई क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएका छ ।

उनलाई जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ स्थित खजुरीमा रहेको विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना गरिएको छ ।

त्यहाँ वडाध्यक्षसहित ९ जना क्वारेन्टाइनमा छन् । ८ जना विदेशबाट आएका हुन् ।