२ कार्तिक २०८३, सोमबार

ज्यालादारी मजदुर र विपन्नलाई टोखा नगरपालिकाद्धारा राहत वितरण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । टोखा नगरपालिकाले सोमबार दैनिक ज्यालादारी गर्ने तथा विपन्नहरुलाई राहत वितरण गरेको छ ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न लकडाउनको अवस्थामा समस्यामा परेका विपन्न तथा ज्यालादारी मजदुरलाई वडा कार्यालयमार्फत राहत वितरण गरेको नगर प्रमुख अधिकारीले जनाएका छन् ।

विपन्न वर्गको तथ्यांक संकलनपश्चात राहत वितरण गरिएको वडाध्यक्ष ढकालले जनाए ।

राहत वितरण कार्यक्रममा टोखाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, वडा अध्यक्ष जगन्नाथ ढकाल, नरोत्म राणा, कल्पना घिमिरे लगायतको उपस्थिति रहेको थियो ।