
काठमाडौँ, २४ चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १६ सय ९७ जना कोरोना परीक्षण गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हिजोदेखि थप ३ वटा ठाउँमा कोरोना परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।
कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको रेपिड डाइग्नोस्टिक टेस्टिंग (आरडीटी) गर्न हिजै स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागको टोली त्यसतर्फ प्रस्थान गरेको प्रवक्ता देवकोटाले जनाए ।
उनका अनुसार हाल उपत्यकामा ५ जना र बाहिर ९५ जना गरि १०७ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै, देशभरमा ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेका देवकोटाले जनाए । त्यस्तै, संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिंग जारी नै रहेको पनि उनले बताए ।
त्यसैगरी, वेवसाइट र मोबाइल एप्समार्फत इन्ट्री गर्नेमा यही २४ घण्टामा १२ सय ९१ जनाले र जम्मा ९ हजार ३ सय ८८ जनाले इन्ट्री गरिसकेका छन् । र यो एप्स प्रयोग गर्नेको संख्या १२ हजार नाघेको र वेवसाइट प्रयोग गर्नेको संख्या १ लाख नाघेको छ ।















प्रतिक्रिया