२ कार्तिक २०८३, सोमबार

आफूखुशी राहत बाँड्ने काम अझै रोकिएन

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

-प्रतिक पौडेल

भैरहवा, २४ चैत । नोभल कोरोना भाइरस (कोभिड १९) को कारण १३ दिनदेखि मुलुक लकडाउनको कारण ठप्प छ । यस्तो अवस्थामा दैनिक ज्याला मजदुरी गरेर खाने श्रमिक वर्ग समस्यामा परेपछि स्थानीय सरकारले गरिब तथा विपन्न श्रमिकहरुको लगत संकलन गरी राहत वितरण गरिरहेको छ ।

स्थानीय सरकारले राहत वितरण गरेपनि केही संघसंस्थाले आफूखुशी राहत बाड्न थाल्ने क्रम रुपन्देहीमा पछिल्लो समय बढ्दै गएको छ ।

संघीय सरकारले स्थानीय सरकार मातहात रहेर एकद्वार प्रणाली अन्तर्गत राहत वितरण हुनुपर्ने भनेपनि केही संघसंस्थाले अटेर गरेर राहत वितरण गरेको देखिएको छ ।

रुपन्देहीमा स्थानीय सरकारले आफूखुशी राहत वितरण नगर्न भनि विज्ञप्ती जारी गर्दा समेत आफूखुशी राहत वितरण गर्ने कार्य रोकिएको छैन ।

सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले नगरपालिकाले आफूखुशी राहत वितरण कार्य नगर्न नगरपालिकाले विज्ञप्ती निकालेर आह्वान गरेको बताए । अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस्तो कार्य हुन नदिन कडाइका साथ लाग्नु पर्ने हो ।

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जिल्ला प्रशासन कार्यालयले कसैलाई पनि राहत वितरण गर्न अनुमती नदिएको बताए ।

पन्थका अनुसार मातहातका स्थानीय सरकारबाटै राहत वितरणको कार्य एकद्वार प्रणाली अन्तर्गत बितरण भएको छ । पन्थले यदी कसैले आफूखुशी राहत वितरण गरेको भन्ने लिखित उजुरी अथवा निवेदन आए तुरुन्त उक्त कार्य रोक्ने जानकारी दिए ।