बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

विश्वभर कोरोना अपडेट : संक्रमित १२ लाख ७६ हजार नाघ्यो

दैनिक नेपाल २०७६ चैत २४ गते १४:१३

काठमाडौं, २४ चैत ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट यो समाचार तयार पार्दासम्म विश्वभर १२ लाख ७६ हजार ५ सय ७१ जना संक्रमित भएका छन् ।

अहिलेसम्म यसबाट मृत्यु हुनेको संख्या ६९ हजार ५ सय २२ पुगेको छ भने २ लाख ६५ हजार ९ सय ४४ जना निको भएर घर फर्केका छन् । पछिल्लो समय कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा यसबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ८ सय ५१ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ हजार ६ सय २० पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको इटालीमा अहिलेसम्म १ लाख २८ हजार ९ सय ४८ जना संक्रमित भएका छन् भने १५ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । यसैगरि स्पेनमा संक्रमितको संख्या १ लाख ३१ हजार ६ सय ४६ जना संक्रमित भएका छन् भने १२ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ ।

जर्मनीमा यसबाट संक्रमित हुनेको संख्या १ लाख १ सय २३ पुगेको छ भने मृत्यु हुनेको सख्या १ हजार ५ सय ८४ पुगेको छ । बेलायतमा अहिलेसम्म संक्रमित संख्या ४७ हजार ८ सय ६ रहेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ९ सय ३४ पुगेको छ ।

यता, भारतमा संक्रमित हुनेको संख्या ४ हजार ३ सय १४ जना पुगेका छन् भने मृत्यु हुनको संख्या १ सय १८ पुगको छ । नेपालमा अहिलेसम्म यसबाट नौ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित