शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अत्याधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु

दैनिक नेपाल २०७६ चैत २४ गते १३:३१

अर्घाखाँची, २४ चैत । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा मृत्यु भएको छ ।

एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनकोे आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए ।

उनका तीन छोरी रहेका छन् । हाल उनको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उनकी कान्छी छोरी १८ महिनाकी भएकी छिन् ।-रासस

प्रतिक्रिया
सम्बन्धित