८ मंसिर २०८३, मंगलबार

सुरक्षकर्मि र तस्करबीच गोली हानाहान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २४ चैत । रौतहटको गुजारा नगरपालिकास्थित एक सामुदायिक जंगलमा सुरक्षाकर्मि र तस्करबीच गोली हानाहान भएको छ ।

लकडाउनको मौकामा ठूलो संख्यामा काठ तस्कर गर्न जंगल पसेको तस्करको र जंगलमा सुरक्षाका लागि खटिएको सुरक्षाकर्मिबीच गोली हानाहान भएको हो ।

आइतबार साँझ तस्करहरु हतियारसहित वन क्षेत्रमा प्रवेश गरेको सुराकीको आधारमा सेक्टर वन कार्यालय चोँचाका अधिकृत राजेश कुमार साहको नेतृत्वमा गएको टोलीले घेरा हालेको थियो ।

लगत्तै तस्करको समूहले वनटोलीमाथि सुरुमा गोली प्रहार गरेको थियो । सो क्रममा वन सुरक्षाटोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको थियो । हानाहान भएपछि तस्कर समूह फरार भएको थियो । कुनै मानवीय क्षति नभएको सुरक्षाकर्मिले जनाएको छ ।