
काठमाडौं, २४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चीनबाट औषधि खरिद गरिएको कागजात मगाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागबाट कागजात झिकाएर चीनबाट औषधि खरिद गर्दा भएको अनियमितताको अनुसन्धान थालेको हो ।
अख्तियार स्रोतका अनुसार पछिल्लो निर्णयका साथै त्यसअघिको सार्वजनिक बोलपत्र र त्यसक्रममा १९ वटा सप्लायर्सले पेस गरेको कागजात पनि अध्ययनका क्रममा झिकाइएको छ ।
अख्तियारले गत बिहीबार स्वास्थ्य सेवा विभागका महादिर्नेशक महेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको आवाज उठेपछि अख्तियारले अनुसन्धान थालेको हो ।











प्रतिक्रिया