८ मंसिर २०८३, मंगलबार

हुम्लामा एक चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट, २४ चैत । हुम्लामा एक चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा बसेका छन् ।

केही समय अगाडि कार्यालयको काम र गोष्ठीमा सहभागिता जनाउन जिल्ला बाहिर जानु परेको र फर्कने तयारी गर्दा लकडाउन शुरु भएपछि पैदल हुम्ला आई पुगेका उनीहरू क्वारेन्टाइनमा बस्नु परेको हो ।

क्वारेन्टाइनमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूमा सिमकोटमा संञ्चालित हेल्थअस मेडिकल सेन्टरका डाक्टर, खार्पुनाथ गाउँपालिकाका दुई जना स्वास्थ्यकर्मी र केही समय अगाडि स्वास्थ्य सेवा कार्यालयमा ओजिटीमा आएका तर हाल पास आउट हुन बाँकी एक अहेब पढेका विद्यार्थी रहेका छन् ।

उनीहरूमध्ये तीन जना खार्पुनाथ गाउँपालिकामा स्थापना भएको क्वारेन्टाइनमा छन् ।

तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलीराज शाहीले बताए । सिमकोटमा रहेका अहेब पढेका विद्यार्थीको अवस्था पनि सामान्य रहेको सिमकोटको क्वारेन्टाइनका सूचना अधिकारी परजित बोहराले बताए ।