शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

काेराेना लागेपछि ब्रिटेनका प्रधानमन्त्री अस्पताल भर्ना

दैनिक नेपाल २०७६ चैत २४ गते ७:४३

लण्डन, २४ चैत । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन् ।

आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोरोना भाइरस(कोभिड–१९) का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीले जनाएको छ ।

डाक्टरहरुले उनमा सतर्क हुनुपर्ने अवस्था देखिएको बताएका छन् । उनको अनुपस्थितिमा बेलायतका परराष्ट्रमन्त्रीले कोरोना भाइरससम्बन्धी बैठकको अध्यक्षता गरेका छन् ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताका अनसार आफ्नो डाक्टरको सल्लाहअनुसार प्रधानमन्त्री जोनसन अस्पताल भर्ना भएका हुन् ।

डाउनिङ स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छः ‘चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।’

बीबीसीका अनुसार जोनसोनलाई एक रात अस्पतालमै राख्न सक्ने सम्भावना छ ।

‘कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जोनसोनको स्वास्थ्य समस्याप्रति चिन्ता जाहेर गरेका छन् । उनले आफ्नो पत्रकार सम्मेलनमा कोरोना भाइरसविरुद्ध आफैं लडिरहेका जोनसोनप्रति स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित