बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना भाइरसको संक्रमण २०८ देशमा, विश्वभर करिब ६७ हजार २ सयको मृत्यु

दैनिक नेपाल २०७६ चैत २३ गते २१:२८

काठमाडौँ, २३ चैत । विश्वका २ सय ८ वटा देशहरुमा कोरोनाको संक्रमण फैलिसकेको छ । संसारभर करिब १२ लाख ३६ हजार कोरोना संक्रमित छन् भने यसका कारण ६७ हजार १ सय ९५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, करिब २ लाख ५६ हजार कोरोना संक्रमितहरु पूर्णरुपमा निको भएका छन् भने बाँकी उपचारमै छन् ।

वर्ल्ड मिटरका अनुसार अमेरिका कोरोना संक्रमणको केन्द्र बनेको छ । जहाँ करिब ३ लाख २२ हजार संक्रमित हुँदा ९ हजार १ सय २८ जनाको मृत्यु भइसकेको छ । इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ १५ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ ।

इटालीमा करिब १ लाख २५ हजारमा संक्रमण फैलिसकेको छ भने स्पेनमा करिब १ लाख ३१ हजार संक्रमित भएका छन् । त्यस्तै, स्पेनमा १२ हजार ४ सय १८ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

त्यस्तै फ्रान्स ७ हजार ५ सय ६० जनाको मृत्यु भएको छ । पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरसको फैलावट भइरहेको छ ।

जसमा युरोपियन देशहरु सबैभन्दा बढी प्रभावित भइरहेका छन् भने सबैतिर द्रुत गतिमा यसको संक्रमण बढीरहेको छ । यसको संक्रमणबाट हुने मृत्युदर पनि बढेर प्रति मिलियन जनसंख्यामा ८.६ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित