२ कार्तिक २०८३, सोमबार

रौतहटको क्वारेन्टाईनमा २ सय २२ जना

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २३ चैत । रौतहटको क्वारेन्टाईनमा बस्नेहरुको संख्या आईतवार २ सय २२ पुगेको छ ।

जिल्लाको विभिन्न स्थानीय तहमा निर्माण भएको क्वारेन्टाईनमा बस्नेहरुको संख्या शनिवारसम्म २ सय ८ रहेकोमा त्यो संख्या बढेर आईतवार २ सय २२ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । क्वारेन्टाईनमा बस्नेहरुमा १३ जना महिला र २ सय ९ जना पुरुष रहेका छन् ।

कोरोना भाइरसका कारण सरकारले लागु गरेको लकडाउनले नेपाल भारतका सम्पूर्ण सिमा नाकाहरु बन्द रहेकाले भारत तथा अन्य मुलुकबाट चोर बाटो हुँदै नेपाल प्रवेस गर्नेहरुलाई पक्राउ गरि क्वारेन्टाईनमा राखने गरिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा राम नरेश साहले बताकाएका छन् ।

जिल्लाको विभिन्न स्थानीयतहहरुमा ८ सय ३६ बेडको क्वारेन्टाईन निर्माण भएको छ भने २५ बेडको आइसोलेश्न र ५० वटा पिपिईको व्यवस्था गरिएको नायब सुब्बा साहले बताए ।

रौतहटको क्वारेन्टाईनमा बस्ने अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको कुनै पनि लक्ष्ण नदेखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन् ।