शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भैरहवामा कोरोना भाइरस परीक्षण भोलिदेखि मात्रै

प्रतिक पौडेल २०७६ चैत २३ गते १६:४२

-प्रतिक पौडेल
भैरहवा, २३ चैत । प्रदेश ५ को भैरहवामा संचालनमा आउने भनेको कोरोना भाइरस (कोभिड १९) परिक्षण प्रयोगशालाको उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ ।

आइतवार साँझ अथवा सोमबारदेखि कोरोना भाइरसको नमुना परिक्षण थाल्ने गरि अहिले उपकरणको प्राविधिक परीक्षणको काम हुँदैछ ।

भैरहवामा सुरु हुने प्रयोगशाला प्रदेश स्तरीय जनस्वास्थ प्रयोगशाला हो । भैरहवामा संचालनमा आउने प्रयोगशालामा बायो सेफटीलेवर टु बिएसएल पनि रहेको छ ।

प्रयोगशाला शुक्रबारदेखि सुरु हुने भनिए पनि प्राविधिक कारणले गर्दा ढिला भएको छ । प्रयोगशाला खाध्य तथा गुणस्तर मापन कार्यालयको भवन रहेकोले उक्त भवन पुरानो भएका कारण मर्मतमा केही ढिलाइ भएको र जडान भैसकेको उपकरण सेफटीलेवर टु बिएसएलमा केही प्राविधिक समस्या आएपछि आर्को बिएसएल ल्याएर उपकरण जडान गर्दा समय लागेको जानकारी प्रयोगशालाले दिएको छ ।

प्रयोगशाला संचालनमा ढिलाए भएपछि आइतवार प्रदेश नं ५ मुख्यमन्त्री शंकर पोखरेलले प्रयोशालाको निरिक्षण गरेका छन् ।

निरिक्षणको क्रममा मुख्यमन्त्री पोखरेलले प्रयोगशाला लाई प्रदेशकै अत्याधुनिक स्वास्थ प्रयोगशाला बनाउने गरि काम गर्न निर्देशन समेत दिएका छन् ।

प्रदेश नं ५ समाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार प्रयोगशाला हाललाई कोरोना भाइरस (कोभिड १९) को परिक्षणको लागी भएपनि प्रदेशमा पुर्ण क्षमताको जनस्वास्थ प्रयोगशालाको आवश्यकता देखिएकोले भैरहवामा प्रदेश स्तरिय जनस्वास्थ प्रयोगशाला संचालनमा ल्याउने गरी काम भएको बताए ।

बरालका अनुसार भैरहवाको प्रयोगशाला अस्थायी नभएर भविष्यमा पनि अत्याधुनि स्तरको स्वास्थ प्रयोगशालाको रुपमा अघि बढाउने गरि काम भएकोले केही संचालनमा केही दिन ढिला भएको जानकारी दिए ।

प्रदेश जनस्वास्थ प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले आइतवार साझ देखि कोरानो आशंका लागेका बिरामीको प्रयोगशालामा स्वाब, र्याल र खकार जाँच हुनेगरी काम भैरहेको जानकारी दिए ।

गिरीले भने, ‘उपकरण जडान गर्ने प्राविधिकहरु काठमाडौंबाट आइसकेका छन् । केही हामीसँग पनि छन् । उपकरण संचालनको लागि उपकरणको प्राविधीक परिक्षणको काम भैरहेको छ आइतवार साझ देखी स्याम्पल परिक्षण सुरु गर्ने लक्ष्य आफुहरुको रहेको छ ।

प्रयोशाला सञ्चालनमा आएपछि प्रदेश पाँचका कोरोनाको शंका लागेका बिरामीको स्वाव काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।

कोरोना जाँच गर्नको लागि संघीय सरकारले पठाएको प्रोट्रेबल पिसिआर मेसिन रहेको छ । कोरोना परीक्षण गर्ने रियलटाइम पीसीआर र पोटेवल पीसीआर गरी दुई किसिमका उपकरण चाहिन्छ ।

दुवै उपकरण सञ्चालनका लागि बायो सेफ्टी लेवल प्रयोगशालामा बाहिरी हावासमेत पस्न नसक्ने गरी कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमुनाको पनि हानिकारक तत्वबाट जोखिम नहुने गरी बिसर्जन हुन सक्ने वातावरण तयार हुनुपर्छ ।

प्रयोगशालामा रहेको प्रोट्रेबल पिसिआर लगातार ७२ घण्टा चल्ने क्षमताको रहेको छ । डा गिरीका अनुसार प्रयोगशालाले दैनिक १५ घण्टा चलाएर दिनको १५ वटा सम्म कोरोना भाइरसको नमुना परिक्षण गर्नेछ ।

प्रदेश सरकारले प्रयोगशालामा तिर्व गतिमा कोरोना भाइरसको नमुना परिक्षणको लागी आरटी पिसिआर मेसिन पनि ल्याउने जानकारी प्रदेश सरकारले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित