शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कांग्रेस नेताहरूद्वारा घोराही १७ अति विपन्न परिवारलाई खाद्यान्न वितरण

दैनिक नेपाल २०७६ चैत २३ गते १४:१९

घोराही, २३ चैत । नेपाली कांग्रेसका दाङका नेताहरूले घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा रहेका अति विपन्न परिवारहरूलाई खाद्य सामग्री वितरण गरेका छन् ।

कांग्रेस नेता एवम् वरिष्ठ वैदेशिक रोजगार व्यवसायी किरणकिशोर घिमिरेको विशेष सहयोगमा नेपाल दलित संघ दाङका पूर्व अध्यक्ष खेमराज विश्वकर्माको संयोजनमा आइतबार श्रीकृष्ण टोलबाट खाद्य सामग्री वितरण गरिएको हो ।

नेपाली कांग्रेसका युवा नेता कमलकिशोर घिमिरेले घोराही उपमहानगरपालिका वडा नम्बर १७ को धोब्बे र आसपासमा रहेका अति विपन्न दलित र चौधरी परिवारहरूलाई खाद्यान्न वितरण गरेका हुन् ।

श्रीकृष्ण टोलबाट २४ घर परिवार वीस हजार रुपियाँ बराबरको १३ बोरा चामलसहितका खाद्य सामग्री वितरण गरिएको कांग्रेसका युवा नेता एवम् दलित संघका पूर्वअध्यक्ष विश्वकर्माले जानकारी दिए ।

खाद्य सामग्री वितरण कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरू रोमकान्त आचार्य, सन्तोष योगी, लीला नेपाली, शान्त सुनारलगायतको उपस्तिि रहेको थियो ।

कांग्रेस नेता घिमिरेले चामल, तेल, च्युरा, नुन, साबुन लगायतका सामग्री वितरण गरेका हुन् ।

कार्यक्रममा लीला नेपालीद्वारा तयार पारेको ४० थान मास्क पनि वितरण गरिएको पूर्वअध्यक्ष विश्वकर्माले जानकारी दिए । शान्ता सुनारले साबुर र च्युरा निःशुल्क उपलब्ध गराएकी थिइन् ।

यसैवीच, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले घोराही उप–महानगरपालिकाको विपद् व्यवस्थापन कोषमा नगद २५ हजार सहयोग गरेको छ ।

कांग्रेसका युवा नेता कमलकिशोर घिमिरेले सो रकम कांग्रेसको क्षेत्रीय कार्यसमितिको तर्फबाट उप–मेयर सीता सिग्देल न्यौपानेलाई हस्तान्तरण गरेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले दुई हप्तादेखि लकडाउन गरेको छ । तेस्रो हप्तामा लकडाउन प्रवेश गरेको छ । लकडाउनका कारण दैनिक मजुरी गरेर गुजारा गर्ने परिवार समस्यामा परेको छ ।

ती परिवारहरूलाई थोरै भए पनि राहत मिलोस् भनेर नेपाली कांग्रेसका नेता एवम् वरिष्ठ वैदेशिक रोजगार व्यवसायी किरण किशोर घिमिरेले आफैले पहल गरेर दलित संघ दाङका पूर्वअध्यक्ष विश्वकर्मामार्फत खाद्य सामग्री वितरण गर्न लगाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित