शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बुहारीको हत्या अभियोगमा ३ जना पक्राउ

दैनिक नेपाल २०७६ चैत २३ गते १३:४६

पर्सा, २३ चैत । पर्सामा बुहारीको हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बहुदरमाई नगरपालिका ८ रामनगरी बस्ने ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवी समेत ३ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको हो ।

२५ वर्षीया बुहारी उर्मीला देवी पंडितलाई घरमा कर्तव्य गरी मारेर घाटमा लगेर दाह संस्कार गरिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको

प्रहरीले शवको आधा भाग जलिसकेको अवस्थामा फेला पारेको हो । मृतकको श्रीमान विदेशमा रहेको भन्ने बुझिन आएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोल खटिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित