मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

संक्रमित युवासंगै नेपाल आएका बागलुङका चार युवा क्वारेन्टाइनमा

दैनिक नेपाल २०७६ चैत २३ गते १२:१७

बागलुङ, २३ चैत । कोरोना संक्रमित कञ्चनपुरका ४१ वर्षीय पुरुषसंगै नेपाल आएका बागलुङका चार युवालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

उनिहरुलाई बरेङ गाउँपालिकाले बनाएको ‘क्वारेन्टाइनमा’ राखिएको हो । उनिहरु आठ युवा साथमा रहे पनि अन्य चार जना भने रुपन्देहीको बास्गडीमा छन् । उनिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी प्राप्त भएको छ ।

शनिबार भारतबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएपछि उनिसंगै रहेकाहरुको खोजी सुरु गरिएको हो ।

उनिहरु संक्रमित युवासंगै ४८ घण्टा गौरीफन्टामा संगै रहेर नेपाल आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित