शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

उदयपुरका पाँचजना बिरामीको कोरोना रिपोर्ट नेगेटिभ

दैनिक नेपाल २०७६ चैत २३ गते ११:०४

काठमाडौं, २३ चैत ।  कोरोना भाइरस (कोभिड १९) का बिरामी रहेको आशंकामा नमूना संकलनमा पठाइएका उदयपुरका ५ जना बिरामीको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

स्वाब परीक्षणका लागि पठाइएका सातजना बिरामीमध्ये ५ जनाको नतिजा नेगेटिभ आएको हो । बाँकी दुईजनाको आउन बाँकी रहेको छ ।

विदेशबाट आएका त्रियुगा नगरपालिकाका चारजना र बेलका नपाबाट एकजनाको स्वाब परीक्षणका लागि धरानस्थित वीपी स्वास्थ्य प्रतिष्ठान पठाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित