बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

मध्यावधि निर्वाचन गराउन कांग्रेसका सहमहामन्त्री डा.महतको माग

दैनिक नेपाल २०७६ चैत २३ गते १०:२९

काठमाडौं, २३ चैत । कोरोना भाइरसको संक्रमणका कारण सिङ्गो देशले संघर्षले नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले मध्यावधि निर्वाचनको माग गरेका छन् ।

‘जनता जान्न चाहन्छन’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा कांग्रेसका सहमहामन्त्री डा.महतले मध्यावधि निर्वाचन गर्न आग्रह गरेका हुन् । उनले सरकारले काम गर्न नसकेको भन्दै कोरोना भाइरसको संक्रमण अन्त्य गरेरपछि मध्यावधि निर्वाचन गर्नुपर्ने सुझाव दिएका हुन् ।

सहमहान्त्री डा.कोइरालाले प्रधानमन्त्री केपी ओलीले काम गर्न नसकेको आरोप पनि लगाएका छन् । उनले ओलीलाई पदबाट राजीनामा दिएर आफ्नै पार्टी नेकपाको अर्को नेतालाई प्रधानमन्त्री बनाउन सुझाव दिएका छन् ।

डा.महतले कोरोना भाइरसको संक्रमण रोक्नका लागि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले काम गर्न नसकेको पनि आरोप लगाएका छन् । कोरोना भाइरसको संक्रमणका सामग्री खरिदमा मुछिएको भन्दै उनले मन्त्री पोखरेललाई पदबाट हटाउन माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित