बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

धार्मिक सभाबाट फर्किएका २५ नेपालीलाई सेनाको निगरानीमा क्वारेन्टाईनमा राखियो

दैनिक नेपाल २०७६ चैत २३ गते ९:३७

काठमाडौं, २३ चैत ।  भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको एउटा धार्मिक सभामा सहभागी भएर फर्किएका २५ जना नेपालीलाई पहिचान गरी क्वारेन्टाइनमा राखिएको छ ।

सभामा प्रदेश २ का चार जिल्लाबाट २५ जना नेपाली सहभागी भएका थिए । उनीहरु सबैलाई सेनाद्वारा निगरानी गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु सबै जनाको आज घाँटीको स्वाब परीक्षण हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित