शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सुदूरपश्चि उच्च जोखिममा पुग्यो, कोरोना रोकथाम छिटो गरौँः रमेश लेखक

दैनिक नेपाल २०७६ चैत २३ गते ९:१८

काठमाडौं, २३ चैत । कोरोना भाइरसको संक्रमण कैलाली र कञ्चनपुरमा एक पटक तीन जनामा देखिएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सुदूरपश्चिम प्रदेश उच्च जोखिममा पुगेको बताएका छन् ।

नेता लेखकले आइतबार बिहान फेसबुकमार्फत प्रेस नोट जारी गर्दै कोरोना भाइरसको परीक्षणलाई छिटोछरितो ढंगले अगाडि बढाउन आग्रह गरेका छन् ।

‘सुदूरपश्चिम प्रदेश करोनाको उच्च जोखिममा पुग्यो’, लेखकले भने, ‘तत्काल गर्नुपर्ने कामबारे तीन तहका सरकार र सम्बन्धित सबैको पुनः ध्यानाकर्षण गर्न चाहन्छु ।’

‘संघीय सरकारले लकडाउन गाउँपालिका र नगरपालिकामा समेत आवत जावतमा बन्देज गरि गरेको पछिल्लो निर्णय सकारात्मक छ’, उनले भने, ‘सबैले पालना गरौँ र कडाई साथ लागू गरौँ ।’

‘परीक्षण नगण्य भयो । बढीभन्दा बढी गरौं’, उनले भने, ‘प्रयोगशालाको क्षमता र गुणस्तर पुगेन । थप गरी एक दिनमा ५०० को टेस्ट गरौँ ।’

‘संक्रमितका लागि अस्पतालमा उपचारको उचित व्यवस्था गरौँ’, नेपाली कांग्रेसका नेता लेखकले भने, ‘स्वास्थ र सुरक्षाकर्मीलाई आवश्यक सुरक्षा सामग्री दिऔँ ।’

शनिबार स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा तीन जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको थियो । त्यति मात्रै होइन विदेशबाट आएका व्यक्तिले नेपालमा घरमै रहेकी महिलालाई कोरोना भाइरसको संक्रमण सारेपछि सरकारले लकडाउनलाई झन् कडाइ गर्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसका नेता लेखकले कोरोना भाइरस सुदूरपश्चिम प्रदेशबाट दोस्रो चरणमा प्रवेश गरेको भन्दै सचेत रहन र सामाजिक दुरी कायम राखेर कोरोना भाइरसविरुद्ध लाग्न अपील गरेका हुन् ।

नेता लेखकले भारत र अन्य देशहरूबाट आएका व्यक्तिलाई कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित