शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

फिफामा कोरोनाको प्रभाव, पुरुष खेलाडीको उमेर बढाउने

दैनिक नेपाल २०७६ चैत २३ गते ८:४९

लण्डन, २३ चैत । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछि धकेलिएको ओलम्पिक गेम्सका लागि पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद बढाउने तयारी गरेको छ ।

जापानको टोकियोमा वर्ष हुने तय भएको ओलम्पिक गेम्स कोरोना भाइरसको महामारीका कारण अर्को वर्षका लागि सारिएका छ ।

ओलम्पिकमा पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद २३ वर्ष रहँदै आएको छ । तर फिफाले प्रयोगिता एक वर्षपछि धेकेलिएकाले खेलाडीको उमेर हद पनि एक वर्ष बढाउने तयारी गरेको हो ।

सन् १९९७ को जनवरी १ यता जन्मिएका खेलाडीलाई खेल्न दिइने छ । तर यो प्रस्ताव फिफाले पारित गर्न भने बाँकी छ । ओलम्पिक गेम्स आउँदो वर्ष सन् २०२१ को जुलाई २३ देखि सुरु हुनेछ । आउँदो वर्ष हुने प्रतिस्पर्धामा महिला तर्फको खेलका लागि भने उमेर हद छैन।

प्रतिक्रिया
सम्बन्धित