शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

काेराेनाका साढे दुई लाख सङ्क्रमित उपचारपछि निको भए

दैनिक नेपाल २०७६ चैत २३ गते ६:३६

लण्डन, २३ चैत । विश्वभर झण्डै साढे दुई लाख कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् ।

दुई सय पाँच देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणमा कारण झण्डै १२ लाख मानिस बिरामी भएकामा दुई लाख ४६ हजार एक सय ७४ जना उपचारपछि निको भएका हुन् ।

विश्वभर ११ लाख ९९ हजार पाँच सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको छ । आठ लाख ८८ हजार सात सय ४७ जनाको उपचार भइरहेकाे छ । ६४ हजार ६ सय ६२ जनाको भने ज्यान गएको छ ।

गएको २४ घण्टामा अमेरिका र फ्रान्समा नै दुई हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा एक हजार ५३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या साढे सात हजार नाघेको छ । यस्तै अमेरिकामा एक हजार ३८ जनाको ज्यान गएसँगै आठ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १५ हजारभन्दा धेरै र स्पेनमा झण्डै १२ हजारको ज्यान गइसकेको छ । यस्तै अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीन लाख नाघेको छ भने स्पेनमा एक लाख २६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित