आइतबार, ४ जेठ २०७७
DainikNepal.com
आइतबार, ४ जेठ २०७७

सुतेकै ठाउँमा श्रीमती र छोरीलाई आगो लगाएर फरार

दैनिक नेपाल २०७६ चैत २२ गते २१:२०

सांकेतिक तस्वीर

काठमाडौँ, २२ चैत । बिहीबार राती सुनसरीमा श्रीमती र छोरी सुतिरहेको बेलामा आगो लगाएर श्रीमान श्रीमान सियाराम उराउ फरार भएका छन् ।

इनरुवा नगरपालिका ८ बस्दै आएका सियारामले ३५ वर्षीया श्रीमती कमलकुमारी उराउ, सात वर्षीया छोरी प्रतिक्षा र चार वर्षीया छोरी प्रतिज्ञालाई आगो लगाएर फरार भएका हुन् ।

आगोबाट घाइते उनीहरुको कोशी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घरायसी विवाद हुँदा आगो लगाएर सियाराम फरार भएको थिए ।

माइती पक्षले उजुरी दिएपछि फरार सियारामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित