बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

वृन्दावनमा ५२ सय गरिब परिवारलाई राहत दिने मेयर यादवको घोषणा

दैनिक नेपाल २०७६ चैत २२ गते २०:०९

रौतहट, २२ चैत । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहटको बृन्दावन नगरपालिकाले राहत प्याकेज दिने निर्णय गरेको छ ।

शनिबार कार्यपालिकाको कार्यालयमा बोर्डको बैठक गरेर नगर प्रमुख राम स्नेही यादवले यस्तो निर्णय गरेको हो । बृन्दावन नगरपालिकाभरी रहेको करिब ५२ सय गरिब विपन्न परिवारलाई राहत प्याकेज दिने मेयर यादवले बातएका छन् ।

यस्तो महासंकटको घडीमा वास्तविक गरिव मजदुर असाहायलाई राहत वितरण गर्नुपर्ने अति आवश्यक भएकोले कुनै पनि गरिव परिवारको नाम लिस्ट नछोडन मेयर यादवले सम्पूर्ण वडा अध्यक्षहरुलाई आग्रह गरेको छन् ।

शनिबार कार्र्यपालिकामा बसेको बोर्ड बैठकमा नगरभरीका चुनियको ५२ सय विपन्न तथा गरिव परिवारलाई आईतबारबाट राहत र्फम भर्न समेत नगर प्रमुख यादवले आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित