मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

रुपेन्देहीकाे सीमावर्ती गाउँमा कोरोना संक्रमित भेटिएसँगै सीमा शील गर्ने तयारी

प्रतिक पौडेल २०७६ चैत २२ गते १९:११

-प्रतिक पौडेल

भैरहवा, २२ चैत । रुपन्देहीको सीमावर्ती क्षेत्र भारतीय गाउँमा ६ जनामा कोरोना संक्रमण भेटिएसँगै भारतीय खुल्ला सिमा शील गर्ने तयारी भएको छ ।

जिल्ला भित्र भारतीय खुल्ला सिमा शिल गर्न थालिएिको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । सिमाक्षेत्रमा हामीले एकले अर्कोलाई देख्ने गरि सशस्त्र प्रहरी परिचालन गर्न लागेका छौँ केही स्थानमा शनिबारबाटै र बाँकी आईतबार सिल हुने प्रजिअ पन्थले बताए ।

रुपन्देहीको दक्षिणी क्षेत्रमा रहेको मर्चवारीमाई गाउँपालिकासँग सिमा जोडिएको भारतीय गाउँ कोल्हुई र पुरन्दपुर थाना आसपास ६ जनामा शनिबार बिहान कोरोना संक्रमण भेटिएको थियो ।

सिमावर्ती भारतिय गाउँमा कोरोना संक्रमण भेटिएको जानकारी पाएसँगै रुपन्देही पुरै त्रसित भएको छ । शनिबार भेटिएका संक्रमितहरु दिल्लीको तबलिगी मरकजमा सहभागी भई आएको व्यक्तिहरु भएको खुलेको छ ।

उनिहरुलाई भारतिय प्रहरीले वुधबार नियन्त्रणमा लिएर बीआरडी मेडिकल कालेज गोरखपुरमा नमुना परीक्षणका लागि पठाएको थियो ।

भारतको कोल्हुइ रुपन्देहीको मर्चवारबासीको प्रमुख बजार हो । खुला सिमानाका कारण तरकारीहरु साइकल मोटरसाइकलबाट मर्चवार हुँदै नेपाली बजारमा आईपुग्ने गरेको छ ।

खुल्ला सिमाका कारण जोखीम बढे संगै प्रहरीले सुरक्षा सर्तकता बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि खडक बहादुर खत्रीले बताए ।

रुपन्देहीको सिमा क्षेत्र सिल गर्नका लागी थप २०० जना थप जनशक्ती माग भएकोमा शनिबार सांझ ८० जना आईसकेको र उनिहरुलाई सिमा क्षेत्रको सुरक्षामा पठाएको शसस्त्रका ३८ नं गुल्म हेडक्वाटर रुपन्देहीका शसस्त्र प्रहरी उपरिक्ष तेज कुमार पोख्रेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित