शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

निशुल्क खाद्य सामाग्री वितरण अभियानकाे साताैँ दिन

दैनिक नेपाल २०७६ चैत २२ गते १८:३५

काठमाडौँ, २२ चैत । कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरुलाई निःशुल्क खाद्यान्न वितरण गरिएको छ ।

यस विषम परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको विशेष पहल एवं विभिन्न बैंकहरुसँगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत सातौँ दिन शनिबार अपाङ्ग सेवा समाज, तार्केश्वरमा आश्रित २२ जना अपाङ्गहरू, सम्भव जिवन केन्द्र लोलाङमा रहेका १७ जना, लाइट फर नेशन आश्रममा रहेका १८ जना बालबालिकाहरू र अपाङग सरोकार केन्द्र काठमाडौँ १६ बसन्तनगरमा रहेका ३८ जनालाई वितरण गरिएको छ ।

यसै गरी महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदुरहरु२४ जनालाई समेत महानगरीय प्रहरी कार्यालयको तर्फबाट अत्यावश्यक खाद्य सामाग्री वितरण गरिएको छ ।

मुलुक लकडाउनको यस बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर विहान ९ बजे देखि साझँ ६ बजे सम्म निरन्तर संचालन गरिने समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बताए ।

साथै यस अवधिभर उपत्यकामा अवस्थित कोहि कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनुहुन समेत प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले अनुरोध गरे ।

प्रतिक्रिया
सम्बन्धित