बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

भैरहवामा कोरोना परिक्षण ल्याव संचालन किन ढिलाे ?

प्रतिक पौडेल २०७६ चैत २२ गते १८:०८

-प्रतिक पौडेल
भैरहवा, २२ चैत । प्रदेश ५ सरकारले भैरहवामा संञ्चालन हुन लागेको कोरोना परिक्षण ल्याव संचालनमा ढिलाई भएको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भैरहवामा शुक्रबारदेखि परीक्षण सुरू गर्ने तयारी रहेको बताए संञ्चालनमा आउन सकेन । ल्याव स्थापना हुने कोठामा टायल लगाउने र वाईरिङ्ग गर्ने काम भैरहेको छ ।

ल्याव भैरहवामा रहेको खाध्य तथा गुणस्तर मापन कार्यालयको परिसरमा संचालनमा आउन लागेको हो । अहिले प्रदेश ५ बाहेक सबै प्रदेशमा कोरोना परीक्षण सुरू हुँदा पनि भैरहवामा हुन सकेको छैन ।

ल्यावका निमित्त निर्देशक डा राजेन्द्र गिरीका अनुसार ल्याव संचालन हुने भवन सरकारी कार्यालयको भवन रहेकोले त्यसको मर्मत गर्न समय लागेको बताए । गिरीका अनुसार आइतवार सम्म मर्मतको काम सकिएपछि ल्याव संचालनमा आउने छ ।

ल्यावमा कोरोना परिक्षण गर्न संघिय सरकारले पठाएको उपकरण आइसकेको छ । उपकरण अहिले भवनको एउटा कुनामा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित