शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

रुपन्देहीको बेलहिया नजिकै सीमावर्ती क्षेत्रमा ६ जना भारतीय कोरोना संक्रमित

दैनिक नेपाल २०७६ चैत २२ गते १७:३०

काठमाडौँ, २२ चैत । रुपन्देहीको बेलहियादेखि २५ किलोमिटरको दूरीमा रहेको भारतको सीमावर्ती जिल्ला महाराजगंजमा ६ जना कोरोना संक्रमित भेटिएका छन् ।

बेलहिया र मर्चवारबाट नजिकै भारतको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ जना संक्रमित फेला परेका हुन् । सीमावर्ती क्षेत्रमा संक्रमित फेला परेसँगै जोखिम बढेको छ ।

कोल्हुई र पुरन्दपुर क्षेत्रमा शंकास्पद १७ जनाको परिक्षण गरिएको मध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको महाराजगंज जिल्लाले जनाएको छ ।

त्यहाँ थप संक्रमण हुन नदिन सर्वसाधरणलाई हिँडडुल गर्न रोक लगाइएको तथा आवश्यक सबै सतर्कता अपनाइएको जनाइएको छ ।

त्यस क्षेत्रमा संक्रमण पाइएपछि नेपालका सीमावर्ती क्षेत्रमा त्रास पैदा भएको छ । खुल्ला सीमानाका कारण मानिसको आवतजावत हुन सक्ने र संक्रमण फैलिन सक्ने जनाइएको ।

प्रतिक्रिया
सम्बन्धित