
काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासित टेलिफोन वार्ता गरेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र न्युनिकरणका विषयमा दुई प्रधानमन्त्रीबीच कुराकानी भएको बताइएको छ । सोक्रममा उनले बहराइनमा रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । प्रधानमन्त्री ओलीले अरु मुलुकका सरकार प्रमुखहरुसित पनि संवाद जारी राख्ने ट्वीटमार्फत् जानकारी गराएका छन् ।
‘कोभिड–१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्नेक्रममा आज बहराइनका प्रधानमन्त्रीसँग फोन संवाद गरें । त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहराइनबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरें’–प्रधानमन्त्री ओलीको ट्वीटरमा लेखेका छन् ।











प्रतिक्रिया