बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना भाइरस : नेपालमा पनि एक व्यक्तिबाट अर्कोमा सर्‍यो

दैनिक नेपाल २०७६ चैत २२ गते १४:३२

काठमाडौं, २२ चैत । नेपालमा पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेेको पुष्टि भएको छ ।

शनिबार तीन जनामा कोरोना पुष्टि भएकोमा धनगढीकी ३४ वर्षीया महिलामा संक्रमण अर्का व्यक्तिबाट सरेको पाइएको हो । ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।

शनिबार नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसंगै व्यक्तिबाट व्यक्तिमा भाइरस सरेको पुष्टि भएको हो ।

ती पुरुष दुबईबाट नेपाल आएका थिए । नेपालमा शनिबार तीन जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या नौ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित