८ मंसिर २०८३, मंगलबार

‘लकडाउन’पछि एसईईको तालिका आउँछ ढुक्कले तयारी गर्नुस् : शिक्षा मन्त्रालय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत ।  शिक्षा मन्त्रालयले लकडाउनपछि नयाँ एसईई तालिका आउने बताएको छ । मन्त्रालयले लकडाउनपछि नयाँ तालिका आउने र ढुक्क भएर तयारी गर्न विद्यार्थीमा आग्रह गरेको छ ।

लकडाउन पूर्णरूपले खुलेको कम्तीमा २ हप्ताको अवधिमा नयाँ परीक्षा तालिका आउने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । घरमै बसेर परीक्षाको तयारी गर्दा रेडियो, टेलिभिजन तथा अनलाइन माध्यममा परीक्षाको तयारीका लागि आवश्यक पाठ्यसामग्री उपलब्ध रहेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए ।

सम्भव हुनेले उपलब्ध भएका ती पाठ्यसामग्री हेर्न र सुन्न तथा सम्भव नहुनेले फोनमा शिक्षक तथा साथीहरुलाई सोधेर तयारी गर्न उनको सुझाव छ ।

एउटा परीक्षा केन्द्रमा तीन सयसम्म विद्यार्थी हुने भएकाले समूहमा निस्कन तथा भेला हुन मिल्ने वातावरण बनेपछि मात्रै परीक्षाको नयाँ तालिका आउने र सार्वजनिक माध्यमबाट जानकारी गराउने शिक्षा मन्त्रालयले जनाएको छ ।