शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

लडाकुको क्यान्टोनमेन्टको भ्रष्टाचारको फाइल अख्तियारमै छः सूर्य थापा

दैनिक नेपाल २०७६ चैत २२ गते ९:५९

काठमाडौं, २२ चैत । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरसको औषधि र सुरक्षा सामग्री खरिदमा भ्रष्टाचार नभएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले मिडियामा आएको जस्तो औषधिमा भ्रष्टाचार भएको कुरामा सत्यता नभएको बताए । उनले सरकारले औषधि खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय नगरेको पनि बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले कोरोना संक्रमणले भयावह अवस्थालाई लिएर नेपाली सेनाले पनि सरकारको निर्देशनअनुसार आवस्यक सामग्री खरिद गर्न सक्ने विषय मात्र मन्त्रिपरिषदमा कुरा उठेको बताए ।

नेपाली सेना देशको विश्वासिलो र भरपर्दाे संगठन भएकाले उसले विषम परिस्थितिमा जुनसुकै काम गर्न सक्ने थापाले बताए ।

थापाले समस्या परेको खण्डमा सेनाले जे पनि गर्नसक्ने भन्दै अहिले सेनालाई मात्रै सामग्री खरिद गर्न दिने निर्णय नभएको बताए । उनले यसमा स्वास्थ्य मन्त्रलय लगायतका निकायहरू सम्मिलित रहेकाले सेनालाई दिने अन्तिम तयारी नभएको बताए ।

संकट परेमा मात्र सेनाले हेर्ने विषयमा छलफल भएको उनले बताए । उनले अहिले आफ्नो कमाई खाने दोकान धेरै कथाकारहरूको सुकेकाले उनीहरु भ्रम र गलत प्रचारमा लागेको आरोप लगाए ।

उनले अहिलेको विषम परिस्थितिमा कोरोनासंग लडिरहेको सरकारलाई बदनाम गराउन भ्रष्टाचार र कमिशनका कुरा उठाएर वातारण विथोल्न खोजे पनि सरकारले शून्य सहनशीलताका साथ काम गरिरहेको बताए ।

उनले बाहिर भनिएका अधारमा सरकारले निर्णयमा नगर्ने बताए । देशमा स्वास्थ्य सामग्रीको अभावका विषयमा प्रधानमन्त्रीलाई जानकारी भएको सल्लाहकार थापाले बताए ।

थापाले केही सञ्चार माध्यामहरूले गलत समाचार प्रकाशन गरेर ई–सेवा लगायतका कम्पनीह–का बारेमा भ्रम फैलाइएको बताए । उनले आईएमई बैंकका मालिकको उक्साहटमा सञ्चारमाध्यमहरूले ई–सेवाविरुद्ध अनावश्यक समाचार लेखिरहेको बताए ।

स्वास्थ्य सेवा विभागले सबैसंग छलफल गरेर औषधि ल्याएको र उसैले रद्ध गरेकाले यसमा प्रधानमन्त्रीको नाम किन आयो भन्दै थापाले प्रश्न गरेका छन् ।

‘केही भजन मण्डलीकारहरूले पत्रकारिताको दुरुपयोग गरेका छन् । कसैको भरिया भएर काम गरिरहेका छन्’, उनले भने, ‘कानून बोजिम कुनै काम भएको छैनन् भने देशमा छानविन गर्न निकाय छ । उनीहरूले छानविन गर्छन् ।’

पत्रकार र वकिललाई छानविन गर्ने अधिकार कानूनले नदिएको उनले बताए । ‘कानूनअनुसार दर्ता भएका कम्पनी र फर्महरूले काम गर्न पाउछन्’, उनले भने, ‘पत्रकारले पत्रिकामा निरन्तर छापेका कम्पनीलाई मात्रै काम दिनुपर्छ भन्ने संविधान र कानूनमा लेखिएको छैन ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले क्यान्टोनमेन्टको लडाकुको पैसा भ्रष्टाचारबारे अख्तियारमा अहिले पनि मुद्धा यथावत रहेको बताए । अख्तियारमा मुद्धा दर्ता गर्दैमा केही नहुने भन्दै थापाले प्रचण्डतर्फ संकेट गर्दै लडाकुहरूको भ्रष्टाचारको कुरा यथावत रहेको बताए ।

उनले प्रधानमन्त्रीले देशमा संकट नहोस्, औषधि अभाव नहोस् भनेर काम गरिरहेको बताए । स्वास्थ्यमन्त्री र सरकारले दिएको निर्देशन कार्यन्वयन गर्ने निकायहरूले काम गरिरहेको भन्दै थापाले भने, ‘यस्तो संकटका बेलामा प्रधानमनन्त्रीले आवस्यक उपकरण र औषधि ल्याउनुपर्‍यो भन्नु भ्रष्टाचार हो । मुद्धा धन्दा वालाले हाले । मुद्धाका अधारमा बदनाम गर्न मिल्दैन । नेपाली कांग्रेसको १० प्रतिशत हिस्सा सरकारको विरोधमा छ । ९० प्रतिशत कांग्रेस कोरोनाविरुद्धमा लागेका छन् । दिनेश त्रिपाठी जस्ता अधिवक्ताहरूका वाकालतका दोकान अहिले सुकेका छन् ।’

प्रतिक्रिया
सम्बन्धित