८ मंसिर २०८३, मंगलबार

पिपिई ठेक्का विवाद : नेकपा सचिवालयमा घम्साघम्सीको संकेत

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । कोरोना भाइरस रोकथामका लागि चीनबाट खरिदका विषयमा विवादमा तानिएको ओम्नी इन्टरनेशनल प्रकरण र त्यससँगै तानिएका अनेक विवादको विषयमा नेपाल कम्युनिस्ट पार्टीको अब हुने सचिवालय बैठकमा छलफल हुने भएको छ ।

स्वास्थ्य सेवा विभागले ओम्नीसँग गरिएको सम्झौता खारेज गरेपपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेका सल्लाहकारले मिडिया ह्याक गरी समाचार हटाएको आरोप, भ्रष्टाचार भएको विषय सतहमा आएपछि नेकपाका तल्ला तहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि जबरजस्ती विवादमा तानिएका छन् ।

ठेक्का विवादमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुको नाम समेत मुछिएपछि उक्त विषयलाई सचिवालयमा छलफलमा ल्याउने तयारी भएको छ ।

विश्व नै कोरोनाको महामारीसँग जुधिरहेको र नेपालले पनि त्यसको रोकथामको तयारीका क्रममा भ्रष्टाचारदेखि आरोप प्रत्यारोपको विषय समेत आएपछि सचिवालयमा उक्त विषयलाई नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतले उठाउने र समाधान खोज्नका लागि सरकारलाई सुझाव दिने भएको छ ।

कोरोना भाइरस रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले उक्त विषय स्वास्थ्य सेवा विभागको क्षेत्राधिकार भित्र परेको र त्यसको निर्णय गर्ने वा खारेज गर्ने काम पनि भइसकेका कारण सरकारलाई विवादमा नतान्न भनेका थिए । तर विभिन्न भ्रातृ संगठनका नेता र पार्टीका कतिपय सांसद नेताले उक्त विषयलाई सतहमा ल्याएर पार्टी नै बदनाम बनाउन थालेपछि सचिवालय सदस्यहरु चिन्तित बनेका हुन् ।

नेकपा उच्च स्रोतका अनुसार खरिद प्रक्रियाको जिम्मा नेपाली सेनालाई दिएको विषयमा पनि विवाद हुन सक्ने छ । कतिपय नेकपा नेताले हरेक काम, ठेक्का सेनालाई दिने काम सही नभएको पनि बताउँदै आएका छन् ।