बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

सरकारसँग सिकायत भए अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग कुरा गर्छन्

दैनिक नेपाल २०७६ चैत २२ गते ९:१४

काठमाडौं, २२ चैत । पिपिई ठेक्काको विवाद, समाचार र नेपाल पत्रकार महासंघको विज्ञप्ति प्रकरणमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम अगाडि सारेको विषय कपोकल्पित र नेकपा एकीकरणको स्थायीत्व विरोधीको खेल भएको टिप्पणी आएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष भएका नाताले सरकारसँगका कुनै पनि असन्तुष्टि वा असमझदारी भए पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रचण्डले सिधै कुरा गर्न सक्ने दृष्टान्तलाई नजरअन्दाज गरी स्वार्थका हिसाबले भित्रैबाट प्रचार गरिनु दुखद भएको टिप्पणी आएको हो ।

प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार पार्टीका तल्ला कमिटीको एकीकरण पूरा गरी पार्टीलाई स्थायी बनाउने अभियानमा लागेका अध्यक्षको नाम साना विषयमा पनि विवादमा ल्याइनु कुनै तत्वको नियोजित प्रायोजन गलत भएको बताए ।

कम्युनिस्ट केन्द्र र झन्डै दुई तिहाईको सरकार निर्माणसम्मको अभियानमा प्रचण्डको योगदानविरुद्ध केही स्वार्थ समूहको प्रायोजित प्रचारले कोरोना भाइरसको संक्रमणविरुद्ध सारा देश लागिरहेका बेला नेकपालाई नै रोगी बनाउने खेल भएको सचिवालय आश्चर्य चकित भएको ति सदस्यले बताए ।

प्रधानमन्त्री तथा सरकारलाई प्रभावकारी हिसाबले चलाउने दायित्व नेकपा पार्टीको हुने र त्यसको नेतृत्व प्रचण्डले गरिरहेको अवस्थामा पार्टीभित्रको सहजीकरण, समन्वय र सहकार्यलाई भाँड्ने समूहले यसरी दुश्प्रचार गरी सरकार र पार्टीकै कामलाई दूषित बनाएको सचिवालयको ठहर छ ।

प्रतिक्रिया
सम्बन्धित